मगर पत्रकार संघ कास्की शाखाको अध्यक्षमा बिनु

पाेखरा | साउन १५, २०७९

मगर पत्रकार संघ कास्की शाखाको अध्यक्षमा बिनु


पोखरा  : नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको अध्यक्षमा बिनु थापा मगर सर्वसम्मत चयन भएकी छिन् । 


नेपाल मगर पत्रकार संघ कास्की शाखाको दोस्रो जिल्ला अधिवेशनले बिनु थापा मगरको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको हो । 


समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा  प्रविण मगर, सहसचिवमा बल बहादुुर रोका मगर र कोषाध्यक्षमा आशा माया मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी दिएको छ । 
यस्तै सदस्यहरुमा सुुजन थापा मगर, जुना थापा मगर र सिजन थापा मगर चयन भएका छन् भने बाकी पहिलो बैठकले मनोनित गर्ने निर्वाचन मण्डलले जनाएको छ । 


नेपाल मगर पत्रकार संघ कास्की शाखाको स्थापना २०७२ सालमा रुद्र हितान मगरको अध्यक्षतामा स्थापना भएको गरिएको थियो । 


मौलिक कौराहा पुरस्कार पत्रकार घर्तिलाई 


राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार तथा वरिष्ठ अधिवक्ता मनोज घर्ती मगरलाई प्रदान गरिएको छ ।

 


नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगरलाई पुरस्कार प्रदान गरिएको हो । 


राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार तथा नेपाल मगर पत्रकार संघ कास्कीको शाखाको दोस्रो अधिवेशनको अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत घर्तीमगर अधिवक्ता समेत हुन्  ।


यसैविच मगर पत्रकार कास्की शाखाले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, ओम थापा मगर र एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को विजेता तथा रनरअफहरुलाई समेत सम्मान गरेको छ ।


यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका छन्  ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्